टिक्ला त , अनुष्काको डिसिजन ?

फेशन । अघिल्ला वर्ष झैँ यस वर्ष पनि मिस नेपालको रुपमा अनुष्का श्रेष्ठलाई पाइसकिएको छ । उनले सन् २०१९ को मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । मिस नेपाल भएसँगै सोधिने एक प्रश्न हो , फिल्ममा अभिनय गर्ने रहर छ कि छैन ? किनकी सुन्दरीलाई निर्माता र निर्देशकले फिल्ममा ल्याउन कोसिस गरिरहेका हुन्छन् भने अघिल्ला केहि मिस नेपालमा आफुलाई फिल्ममा ल्याईसकेका छन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।

अन्तिम ७ मा छनौट हुँदै मिस नेपाल वर्ल्डको ताज पहिरेकी सुन्दरीले आफु फिल्ममा आउने सम्भावना न्यून रहेको प्रतिक्रिया दिएकी छिन् । ‘अभिनय गर्दिन होला किनकी मैले त्यो सक्छु जस्तो लाग्दैन्’ अनुष्काले एक अन्तर्वाताको क्रममा आफ्नो ईच्छा बताएकी हुन् । हुन् त अघिल्ला केहि मिस नेपालले पनि सुरुवाती दिनमा भने आफुले फिल्ममा नआउने बताएका थिए तर अन्त्यमा आए । त्यसैले अनुष्काको यो डिसिजनले कति समयसम्म कायम रहन पाउछ , यो भए आउँदो समयले नै बताउनेछ ।

Facebook Comments