फिल्मबाट बाहिरियो कुसुमको लुक्स

फिल्म । ‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले पहिलो फिल्म ‘वर एण्ड वधु’ को छायांकन सुरु गरेकी छिन् । थुप्रै म्युजिक भिडिओमा अभिनय गरिसकेकी उनी मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्ममार्फत अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । उनको भूमिका उनकै उमेर समूहको युवतीको छ । सार्वजनिक तस्बिरमा पनि उनी विन्दास गर्लको रुपमा देखिएकी छिन् ।

पहिलो चरणको छायांकन रोमानियामा गरिएको यो फिल्मको दोस्रो चरणको छायांकन केही दिनदेखि काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। जहाँ कुसुमको पनि केही दृश्यहरू खिचिएको छ । उनको छायांकन काठमाडौँ आसपासमै हुनेछ । प्राप्त तस्बिरहरूमा रातो कारअगाडि उभिएकी कुसुम हट अवतारमा देखिएकी छन्।

फिल्ममा आँचल शर्मासँग नवनायक विवेक कर्माचार्य लिड रोलमा छन् । विवेक यसै फिल्ममार्फत डेब्यु गर्दैछन् । यसमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का, कुशुम शर्मा लगायतको अभिनय रहने छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुदीप बरालको छायांकन रहेको छ भने यसको मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । फिल्मलाई रीच इन्टरटेनमेन्टले नेपालभर प्रदर्शनका लागि वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्