समय भन्दा फरक आमिर

फिल्म । भारतीय अभिनेता आमिर खानले आफू समय भन्दा फरक चल्ने गरेको बताएका छन् । समयानुकूल भन्दा पनि फरक विषयलाई फिल्ममा ल्याउने गरेको उनले स्मरण गरे । पछिल्लो समय आफ्नो फिल्ममा अभिनय गरेको ३५ वर्ष पुगेको उपलक्ष्यमा उनले केही भारतीय मिडियासँग कुराकानी गरे । जहाँ उनले आफ्ना विगतलाई स्मरण पनि गरे ।

‘मेरो फिल्मोग्राफी हेर्नुभयो भने म चलिरहेको ट्रेण्ड भन्दा फरक देखिएको छु । किनकि म आफूलाई मन परेको वा मनमा लागेको कथा भन्न रुचाउछु । सोही कारण मैले लगान, तारे जमिन पर जस्ता फिल्म गरे । त्यो समयमा बनिरहेका फिल्म हेर्नुभयो भने म फरक देखिन्छु’, उनले भने ।

उनले आगामी फिल्म ‘सितारे जमिन पर’ पनि अहिलेको ट्रेण्ड भन्दा फरक रहेको बताए । उनले अहिले भारतीय फिल्ममा एक्सन ट्रेण्ड आएको बताए । ‘अहिले एक्सन फिल्म बनिरहेका छन्, दर्शकले हेरिरहेका छन् । तर, मैले फ्यामिली इन्टरटेनर फिल्म बनाएको छु । किनकि मलाई यही विषयलाई पर्दामा ल्याउन मन लाग्यो, यो फिल्ममा एउटा झापड पनि सायदै छ’, उनले भने ।

कमेन्ट गर्नुहोस्