‘हे…’ खबरदारीको प्रतिक

फिल्म । अभिनेता राजेश हमालले बोलेको लोकप्रिय संवाद मध्यको एक हो ‘हे…’ । उनले हात अगाडी सारेर बोल्ने यो संवादमा आफ्नै पन छ । यो लोकप्रिय पनि छ । यसलाई थर्काउँदा होस् या रमाइलो गर्दा यसको प्रयोग हुन्छ । राजेश आफै पनि सहभागी हुने मेल , महोत्सवमा यो संवादको प्रयोग गर्ने गर्छन् । काठमाडौं केहि दिन अगाडी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘आत्म कथा’ सुनाउन आइपुगेका हमालले यो संवादको बारेमा बोले । ‘‘हे… भनेको एउटा खबरदारी हो । कहिँ कतै नराम्रो भइरहेको छ भने त्यहाँ यो संवाद प्रयोग हुन्छ । यो एउटा बुलन्द आवाज हो’ उनले भने । राजेशले अन्यायको विरुद्ध यसलाई फिल्ममा प्रयोग गर्ने गरिएको पनि सम्झिए । ‘यो संवाद आउँदा नै एउटा शक्तिको आभास हुन्छ , अब गलत हुदैन कि भन्ने पनि लाग्छ’ उनले भने ।

करिब दुई घन्टा आफ्नो कथा सुनाएका हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको बिश्रामको कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा ज्यादा समय अभिनयमा बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरेका थिए । पछिल्लो तीन वर्षयता भने हमाल फिल्म खेल्न डराइरहेका छन् । उनी पर्दामा नदेखिएको तीनवर्षभन्दा बढी भइसक्यो । के हमालले अभिनय छाड्न लागेका हुन् ? हमालले नयाँ शैलीमा आउन चाहेकाले बीचको समयमा अध्ययन गरिरहेको बताए । ‘फिल्ममा अभिनय गर्ने धोको पुग्यो भन्ने लागेको छैन,’हमालले भने, ‘नयाँ समयमा कसरी आउने भन्ने सोचिरहेको छ । आफैं फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेको छ ।’

कमेन्ट गर्नुहोस्