‘लक्का जवान’को शुभ साइत

26 Shares

फिल्म । ‘लक्का जवान’को शुभ साइत आज गरिएको छ । शिवहरी पौडेलको निर्देशनमा तयार हुने फिल्मको ललितपुर स्थित बंगलामुखी मन्दिरमा शुभसाइत गरिएको हो । किरण केसी, दिलिप रायमाझी, सुरेन्द्र केसीको निर्माणमा बन्न लागेको फिल्मलाई सामाजिक कथावस्तुमा कमेडी शैलीमा तयार गर्ने बताइएको छ । फिल्ममा किरण केसी, दिलिप रायमाझी, राजाराम पौडेल, प्रियंका कार्की , वर्षा सिवाकोटी, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसको छायांकन भदौको ४ गतेबाट काभ्रेमा सुरु हुने बताइएको छ । ७० प्रतिशत काभ्रे र ३० प्रतिशत काठमाण्डौमा छायाँकन हुने निर्माण पक्षको भनाइ छ । टेलिफिल्म ‘जिरे खुर्सानी’ मा अभिनय तथा निर्देशन गरेर चर्चामा आएका शिवहरी यसै फिल्मबाट निर्देशन बन्न लागेका हुन् ।

Facebook Comments