फिल्म । अभिनेता राजेश हमालको व्यक्तित्वको चर्चा हुनुको कारण फिटनेस र लुक्स पनि हो । उनको पहिरनले धेरैलाई आकर्षण गर्ने गरेको छ । प्राय सामजिक सञ्जालमा समेत अभिनेता हमालले फिटनेसको बारेमा चर्चा गर्ने गर्छन् । यिनै हमालले फिटनेस र स्पोर्टस्का सामाग्रीको अन्तराष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा शुभारम्भ गरेको अफिसियल स्टोरको उद्घाटनसँगै अवलोकन गरेका छन् ।
एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लि मार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो । काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा शनिबार भेटिएका अभिनेता हमालले एन्टाजस्तो अन्तराष्ट्रिय ब्राण्डले नेपालमा औपचारिक रुपमा बिक्री वितरण शुरु गर्नु उपभोक्ताको लागि खुसीको कुरा रहेको बताए । ‘स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति भएकाले उपभोक्ताको हिसाबले म खुसी छु’, अभिनेता हमालले भने ।
स्पोर्टस् भेन्चरका संचालक विश्वास थोकरले एन्टाको एक्स्क्लुसिभ स्टोरमार्फत लेडिज तथा जेन्सका जुत्ता तथा कपडासँगै फिटनेस तथा खेलकुदका सामाग्री पाइने जानकारी दिए । ‘चाइनाको लिडिङ ब्राण्ड एन्टाले एसियाली बजारमा राम्रो पहिचान बनाएको छ । गुणस्तर र ब्राण्ड नेटवर्कको आधारमा उपभोक्ता ढुक्क भएर उपभोग गर्दा हुन्छ’, संचालक थोकरले भने । औपचारिक बिक्री शुभारम्भको अवसरमा स्टोरमा १० प्रतिशत छुट तथा क्यासब्याक अफर राखिएको छ । सिभिल मलको अतिरिक्त लविङ मल र दरवारमार्गमा मल्टिपल ब्राण्ड स्टोरमा पनि एन्टामा उत्पादन राखिएको संचालक थोकरले बताए ।










