निराजन र लक्ष्मीको ‘भेट किन भयो’ सार्वजनिक (भिडियो)

संगीत । संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘भेट किन भयो’ बोलको गीतमा गायिका मेलिना राईको स्वर छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशक निकेश खड्काले गरेका हुन् । निराजन प्रधान र लक्ष्मी बर्देवालाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्