फिल्म । आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएसँगै नोटिस छिन् , सिर्जना रेग्मी । उनले फिल्ममा ‘बुलेट’ को क्यारेक्टरलाई निर्वाह गरेकी छिन् । ट्रेलरमा उनमा देखिएको ग्लामर र एक्सनले दर्शकमाँझ उनि नोटिस भएकी छिन् । फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिकामा छिन् ।
उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्ममा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ । नम्रतासँग अनस्क्रिन फाइट गरेकोले पनि सिर्जना नोटिस छिन् । फिल्ममा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ । अभिनेत्री नम्रताका अनुसार, भन्ने हो भने फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर सिर्जनाले निभाएकी छन् । आफुले गरेको मेहनतले पर्दामा रङ्ग ल्याउदा आफु निकै खुसि भएको उनले बताइन ।

‘मलाइ टिमले क्यारेक्टरलाई बाच्न सिकाउनु भयो’ उनले भनिन् ‘टिमवर्कले गर्दा नै मैले आफुले पर्दामा यस्तो देखाउन पाए ।’ उनले आफ्नो करियरलाई ब्राइट देख्छिन् । फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् ।
निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।













