फिल्म । बलिउडकी अभिनेत्री शिल्पा शेट्टी श्रीमान तथा बिजनेसम्यान राज कुन्द्रा पोर्न फिल्म बनाएको र बेचेको आरोपमा पक्राउ परेका छन् । कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् । कुन्द्रा विरुद्ध सम्पूर्ण प्रमाण रहेकाले पक्राउ गरेर वयान लिइएको मुम्बई प्रहरीले मिडियालाई जनाएका छन् ।
कुन्द्राले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको हो । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ । कुन्द्राले इमेलको माध्यामबाट अश्लिल भिडियो विदेशमा पठाउने गरेको समेत खुलेको छ । उक्त भिडियो विदेशबाटै ओटीटी प्लेटफर्ममा अपलोड गरिन्थ्यो ।
मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । प्रहरीले उनको सम्पतिको पनि खोजतलास गरिरहेको छ । (एजेन्सी)