करणको शो मा ‘बाहुबली स्टार’ पाहुना ?

टिभी । बलिउडका निर्माता तथा निर्देशक करण जोहरले आफ्नो च्याट शो ‘कफी विथ करण’ को सिजन सिक्सलाई चर्चामा ल्याईरहेका छन् । उनले यस सिजनमा पछिल्लो समयमा सँगै नदेखिएका कलाकारलाई एकसाथ् ल्याईरहेका छन् , जसलाई दर्शकले हेर्न चाहन्छन । उनले अक्षय कुमार र रणवीर सिंह , आलिया भट्ट र दीपिका पादुकोण , अर्जुन कपुर र जहान्वी कपुर , शहिद कपुर र इशान खट्टर , अजय देवगन र काजोल , सैफ अलि खान र सारा अलि खान लगायतलाई शो मा पाहुना बनाइसकेका छन् ।

यिनै करणले शो मा बाहुबलीका स्टारहरुलाई आमन्त्रण गरेका छन् । अर्थात् फिल्मका निर्देशक एसएस राजमौली , प्रभास र राना डग्गुवतीलाई उनले आमन्त्रण गरेका छन् । बाहुबलीको दुवै सिरिजलाई हिन्दी भर्सनमा करणले नै वितरण गरेका थिए । प्रभासलाई बलिउडमा चिनाउने श्रेय पनि उनलाई नै जान्छ । यसैले गर्दा प्रभासले शो मा आउन ग्रीन सिग्नल दिईसकेका छन् । यता राना पनि तयार छन् भने एसएस राजमौली छायाँकनरत फिल्म ‘आरआरआर’ को पहिलो सेड्युल सकाएर हिन्दी भर्सन राइटको कुरा गर्न मुम्बई आउने तयारीमा छन् ।

यसैले गर्दा पनि डिसेम्बरको अन्त्यमा कफी विथ कारणको एपिसोडमा यी अनुहारहरु शुटिङको लागि आउने लगभग तय छ । ‘ म आफ्नो सफल फिल्मको को-प्रोड्युसरको निम्तोलाई नकार्न सक्दिन’ प्रभासले भने ‘बलिउडका फ्यानलाई भेट्ने यो मेरो लागि पनि अवसर हो ।’ प्रभास अभिनित फिल्म ‘साहो’ रिलिजको तयारीमा छ , जसलाई पनि करणले नै वितरण गर्नसक्ने सम्भावना छ । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्