संजयको फिल्ममा ऋतिक ?

21 Shares

फिल्म । केहि समय अगाडी बलिउडमा संजयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आउने वितिकै चर्चा बढ्यो । संजयले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछी सलमानले संजयको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए, तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए ।

यसैले गर्दा पनि यी दुइ संगै हुने वितिकै चर्चा बढ्नु स्वाभाविक नै थियो । तर सलमान र संजयको आपसी मतभेदले प्रोजेक्ट अगाडी बढ्न सकेन । खबरमा आएअनुसार सलमानले संजयलाई विभिन्न रोलमा आफु निकट केहि कलाकारलाई राख्न आग्रह गरेका थिए । जसलाई संजयले स्वीकारेनन् । यसैले गर्दा संजय र सलमानको सहकार्य यसपटक पनि हुन् नक्सने सम्भावना छ । साथै , सलमानको भूमिकामा अब संजय क्याम्पकै हिरो रणवीर सिंहलाई देख्न सकिने सम्भावनालाई भारतीय मिडियाले संकेत गरे ।

सलमानले गर्ने भूमिकाको लागि विकल्प रणवीरनै रहेको केहि समय अगाडी संजयले एक अन्तर्वार्तामा बताएका थिए । यसैले गर्दा पनि रणवीर अनुमानित भए । तर यतिबेला प्रोजेक्टमा जोडिने भएका छन् , तेस्रो व्यक्ति । अर्थात् फिल्ममा ऋतिक रोशनलाई देख्ने सकिनेछ । पछिल्लो समय वार नामक फिल्म मार्फत देखिदैछन् । केहि समय यता लभ स्टोरी भन्दा पर रहेर काम गरिरहेका ऋतिकलाई संजयले अप्रोच गरेका छन् ।

संजय र ऋतिकले ‘गुजारिस’ मा काम गरिसकेका छन् । सलमानको क्यारेक्टरलाई ऋतिकले न्याय गर्न सक्ने भन्दै संजयले अफर गरेका छन् । अब हेरौ , ऋतिकले के डिसिजन लिन्छन । यदि उनले ‘ओके’ भन्छन् भने आलिया भट्टसँग दर्शकले फ्रेस जोडी पाउनेछन् । (एजेन्सी)

Facebook Comments