अनमोल ‘पारस’ बन्ने

फिल्म । अन्तत पछिल्लो समयका पपुलर एक्टर अनमोल केसी पारस बन्ने भएका छन् । प्रेममा सफल हुन नसकेको युवाको कथामा बन्ने भनिएको फिल्ममा अनमोलले शिर्ष भूमिका निर्वाह गर्ने सम्झौता गरेका हुन् । माधव वाग्लेको निर्देशनमा बन्ने फिल्ममा अनमोलको इन्ट्री भएसंगै भुवन केसी निर्माताको रुपमा रहेका छन् । अर्थात् भुवनको व्यानर सुपर काजल फिल्म्सले फिल्मलाई निर्माण गर्नेछ । केहि दिन यता यसै विषयलाई लिएर भुवन र माधवले भेटघाटलाई तिब्रता दिएका थिए ।

फिल्मको कथालाई प्रदीप भारद्वाजले तयार गरेका हुन् । अनमोलले फिल्मको छायाँकन ‘ए मेरो हजुर ४’ पछि गर्ने बुझिएको छ । संवत फिल्मको छायानन वैशाखमा सुरु हुनेछ भने रिलिज दसैँमा । यो फिल्मको काम अगाडी बढेसंगै भुवनको होम प्रोडक्सनमा बन्ने भनिएको ‘एन्टी हिरो’ पछाडी धकेलिएको छ । कथाले स्क्रिप्टमा पूर्णता नपाएसंगै यसलाई आपसी सहमतिमै आउँदो वर्षको लागि तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्