सलमान र शाहरुखलाई चाहियो स्क्रिप्ट

35 Shares

फिल्म । बलिउडमा दुई खान शाहरुख र सलमानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टको लागि सँगै हुन्छन , परिचर्चा नै सुरु हुन्छ । पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । केहि समय अगाडी कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साधेका यिनले पछिल्लो समय स्ट्रगल समयको मित्रतालाई अपनाईसकेका छन् ।

तर , केमियो बाहेक यी दुइलाई सँगै दर्शकले देखेका छैनन् । यी दुइले करण अर्जुन र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गरेका छन् । पछिल्लो समय सन् २००२ मा सँगै देखिएको सलमान र शाहरुखको जोडीलाई दर्शकले देख्न नपाएको झन्डै १७ वर्ष भइसकेको छ । यसै बीच सलमानका नजिकका निर्देशक अलि अब्बास जफरले अन्तर्वाताको क्रममा यी दुइ स्क्रिन शेयर गर्न तयार रहेको बताएका छन् ।

उनले भने ‘सलमान र शाहरुख एकअर्कालाई सम्मान र माया गर्छन त्यसैले सँगै फिल्म नखेल्ने भन्ने छैन ।’ तर उनले यी दुइकै स्टारडमलाई सुहाउने स्क्रिप्टको कमि रहेको बताएका छन् । उनले आफुले त्यस्तो स्क्रिप्ट पाएमा अवश्य काम गर्ने बताए । सलमान र शाहरुखले पछिल्लो समय ट्युबलाइट , जिरो जस्ता फिल्ममा केमियो गरेका छन् । यी दुइलाई एकसाथ पर्दामा पाउँदा दर्शकले पनि खुसि व्यक्त गर्ने गरेका छन् । अब हेरौ , यी दुइले एकसाथ स्क्रिन कहिले शेयर गर्नेछन् ।

Facebook Comments