‘बोक्सीको घरलाई ठूलो पर्दामा ल्याउने सपना पुरा भयो’ : केकी

फिल्म । अभिनेत्री केकी अधिकारीद्वारा निर्मित फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । मण्डला नाटकघरमा मन्चन गरिएको सोही शिर्षकको नाटकबाट प्रभावित भएकी केकीले चार वर्ष लगाएर यसलाई फिल्मको स्वरूप दिएकी हुन् । ‘मैले नाटक हेरेपछि यसको प्रस्तुतीकरण र विषयलाई महसुश गरे । यो कथा धेरैसम्म पुग्नु पर्छ भन्ने लग्यो । त्यसमाथि महिला भएपछि मैले बनाउने फिल्म यस्तै हुनुपर्छ भन्ने लगेर अहिले फिल्म बनाएकी हुँ’, अभिनेत्री अधिकारीले भनिन् ।

बैशाख १४ गते प्रदर्शन तय गरिएको फिल्मको प्रचारका लागि अभिनेत्री अधिकारीले मेहनत गरिरहेकी छन् । उनी हरेक वर्गका दर्शकसम्म पुगेर फिल्म बारे जानकारी गराईरहेकी छिन् । निर्माता हुनुका साथै एउटा महत्वपूर्ण विषयलाई उनि धेरै दर्शकसम्म पुर्याउने कोसिशमा छिन् । सुलक्षण भारती निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्