‘एक्स ९’ मा सुनिल ?

फिल्म । एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स ९’ लाई बृहत बनाउने तयारी थालेका छन् । नेपाली फिल्मनगरीका महंगा नायक अनमोल केसीलाई लिड रोलमा लिने तयारी गरिरहेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन् । पछिल्लो समय बलिउड तथा दक्षिण भारतीय फिल्ममा भिलेनको भूमिकामा देखिने गरेका सुनिललाई एन्टागोनिस्टकै भूमिका अफर गरिएको छ ।

मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी सकारात्मक रहेको समेत बताएका छन् । फिल्मको छायांकन नेपाल , भारत र युरोपमा गर्ने तयारी भइरहेको जनाउदै निर्देशक भट्टले सुनिलले दैनिक पारिश्रमिकमा काम गर्ने जनाए । उनले एक सातामै उनको काम सक्ने तयारी समेत थालेका छन् । निर्देशक भट्टले अनमोल र सुनिल दुवै मौखिक रुपमा राजी रहेको जनाएका छन् ।

बुझीअनुसार अनमोल पनि फिल्मलाई लिएर सकारात्मक छन् । ह्याण्डसम पारिश्रमिकसँगै थ्रिलर फिल्ममा काम गर्ने उनको ईच्छाको कारण उनले फिल्म गर्ने तयारी थालेका छन् । दर्शकले उनलाई लभर ब्वाईको क्यारेक्टरमा हेर्न चाहेता पनि अनमोल भने आफुलाई विभिन्न भूमिका प्रस्तुत गर्न चाहन्छन् । नेपाली फिल्मलाई नयाँ लेभलको बनाउने सोच अनुसार यसपटक कथा पनि सोही अनुसार तयार पारेको मुकुन्द बताउँछन् । कोभिडको नयाँ लहर नआएको खण्डमा तिहारपछि यसको छायांकन सुरु गर्ने योजना निर्माण पक्षको रहेको छ ।

कमेन्ट गर्नुहोस्