फिल्म । आज आफ्नो जन्मोत्सव मनाइ रहेका अभिनेता मदनकृष्ण श्रेष्ठले आफुलाई कोरोना भाइरस पोजेटिभ भएको जनाएका छन् । उनले आफु सहित आफ्नो परिवारका पाचै सदस्यहरु छोरा , बुहारी , छोरी र नातिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् । उनले कोरोनाले दुःख दिएको पनि बताएका छन् ।
‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ । त्यसैले यो भाइरससँग खेलाँची नगरौं ।जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले लेखेका छन् । जन्मदिनका दिन कोरोना पोजेटिभ देखिएका मदनकृष्णले जन्मदिनमा शुभकामना दिनेलाई भने धन्यवाद दिएका छन् ।
कमेन्ट गर्नुहोस्











