फिल्म ।चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही आफ्नो पहिलो नेपाल प्रस्तुधिका लागि यही शुक्रबार (जेठ २ गते) काठमाडौँ आउने भएकी छिन् । आयोजक वर्ल्डवाइड फिल्म्स नेटवर्कका अनुसार, उनी नेपालमा तीन दिन रहनेछिन् र शनिबार (जेठ ३ गते) साँझ बौद्धस्थित हायात होटलको चौरमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिनेछिन् ।
फतेही शुक्रबार दुबईबाट काठमाडौँ आइपुगे लगत्तै ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा सहभागी हुनेछिन् । शनिबारको मुख्य प्रस्तुतिमा उनलाई २० जनाभन्दा बढी डान्सरको टोलीले साथ दिनेछ । आइतबार (जेठ ४ गते) बिहान नोराले वसन्तपुर दरबार स्क्वायरलगायत काठमाडौंका सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरूको भ्रमण गर्ने र सोही दिन दिउँसो दुबई फर्कने कार्यक्रम रहेको इभेन्ट म्यानेजर मनीष कार्कीले जानकारी दिए ।
वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले कार्यक्रमको टिकट बिक्री खल्ती र आइएमई पेबाट धमाधम भइरहेको बताए । यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आयोजना गर्न लागिएको हो र यसबाट उठेको रकम सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’लाई प्रदान गरिनेछ ।

‘नोरा फतेही लाइभ इन नेपाल’ मा फतेहीका साथै नेपाली कलाकारहरू दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा तथा ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ प्रतिस्पर्धी प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले पनि आ-आफ्नो प्रस्तुति दिनेछन् ।