कन्टेनले चर्चामा ‘छक्का पञ्जा ३’

जयहोस् । घटस्थापनाबाट फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शनमा आएको छ । फिल्म रिलिज भएसँगै यसले ‘अफडे’ को रेकर्ड नै राख्न सफल भएको छ । विना विदा प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै एक करोड भन्दा माथिको कलेक्सन गर्न सफल भएको छ । ब्राण्डको कारण दर्शकको प्राथमिकतामा परेको यो फिल्मलाई फिल्मकर्मी र क्रिटिक्सले पनि उत्तिकै रुचाएका छन् । विशेष गरि फिल्मले उठान गरेको कन्टेनलाई रुचाइएको छ । शिक्षामा राजनीति गरेर देश बिकासमा लागेका नेतागणलाई फिल्मले चोटिलो व्यंग्य प्रहार गरेको छ । राजनीतिको कारण बिग्रिएको सिस्टम र त्यसले बिधार्थीमा परिरहेको असरलाई फिल्म युनिटले देखाएको छ । ‘यसपटक हामीले मेकिङ र कन्टेनलाई प्राथमिकता दियौ , जसले दर्शकलाई डिफ्रेन्ट टेस्ट मात्र दिएँन हामीबाट खोजिएको फिल्म पनि तयार गर्यौ’ कलाकार तथा लेखक दीपकराज गिरीले प्राप्त प्रितिक्रियाबाट उत्साहित हुदै भने । यसैगरि फिल्मकी निर्देसक दीपाश्री निरौला पनि उत्साहित छिन । उनले फिल्मको प्रतिक्रियाले हर्षित बनाएको बताइन । ‘हामीले हल्काफूलका कमेडी मात्र गर्छौ भन्ने थियो तर यो कन्टेन उठान गर्यौ’ दीपाले भनिन् ‘हामीलाई डर थियो तर फिल्म रिलिज भएपछी आएको प्रतिक्रियाले उत्साहित छौ ।’ फिल्ममा दीपिका प्रसाई , केदार घिमिरे , जितु नेपाल , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह लगायतको पनि अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्