संगीत । नवोदित गायक गणेश थापाको स्वरमा ‘ आयो तिम्रो राजा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुदन लुइँटेलको शब्द रहेको छ भने सुवर्ण कुमार श्रेष्ठको संगीत रहेको छ । रोमान्टिक शैलीको यो आधुनिक गीतको भिडियोमा अभिनेता यसराज गराच , मन्जुला गिरी र गायिका तथा मोडल सरिता भारती फिचर्ड छन् ।
यो गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका हुन् । यस्तै , गीतमा सुरेश कुमार राउतको सम्पादन, टंक केसीको छायाँकन, बिना रानामगर र शोभा श्रेष्ठको सृँगार रहेको छ । यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुन् ।
कमेन्ट गर्नुहोस्