‘कोशी चलचित्र महोत्सव २०८१’ सम्पन्न

फिल्म । अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव २०८१’को अन्तिम दिन एक विशेष कार्यक्रमकाबीच फिल्मकर्मीलाई सम्मान गरिएको छ । जहाँ अभिनेता शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष तथा निर्माता राजकुमार, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नविन सुब्बा, निर्माता छबिराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार निर्देशक रमेश बुढाथोकी, रंगपत्रकार प्रकाश सुवेदीलाई पनि ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधान लगायतले सम्मानित सबैलाई दोसल्ला, खाँदा सहित प्रमाण पत्रले सम्मान गरे । सोही अवसरमा कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीवमेन्ट सम्मान २०८१’ प्रदान गरिएको थियो । यस्तै, प्रदर्शक कुवेर शर्मा, चिरञ्जिवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुईटेल, विरेन्द्र झा, विपिन प्रसाई, सुवास मेचे, प्रेम देवानलगायतले ‘प्रादेशिक सम्मान’ प्राप्त गरे ।

कोशी प्रदेशमा फिल्मी गतिबिधि बढाउदै स्थानीय फिल्मको प्रवर्द्धन गर्ने उदेश्यले आयोजित महोत्सवमा ४४ छोटो तथा फिचर गरेर ४४ फिल्मको सहभागीता थियो । प्रदेशमै पहिलो पटक आयोजना भएको महोत्सव भएकोले सहभागी सबै फिल्मकर्मीलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले कोशी प्रदेशलाई चिनाउन यस महोत्सवले महोत्वुर्ण भुमिका खेल्ने बताए ।

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेसँगै सुरु भएको महोत्सवमा कोशी प्रदेशमा फिल्म निर्माण, विश्वबजारमा नेपाली फिल्म, नेपाली फिल्ममा महिला भन्ने बिषयमा दिनेश डिसी, नवल खड्का, नविन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठ लगायत बक्ता रहेको अन्तक्र्रिया समेत आयोजना भएको थियो ।

६ दिन कोशी प्रदेशका विभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिएको महोत्सव कोशी प्रदेशलाई फिल्मी हव बनाउने र यहाँका फिल्मको प्रचार प्रसार गर्दै फिल्मकर्मीलाई प्रोत्सान गर्ने उदेश्यले आयोजना गरिएको आयोजक चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानले बताए ।

कमेन्ट गर्नुहोस्