फिल्म । अजय देवगन पछिल्लो समय एकपछी अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारार अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । बायोपिकसंगै सोसल इस्युको फिल्म गरिरहेका अजयको पछिल्लो फिल्म ‘तान्हाजी’ हिट भयो । यसपछि अजय फिल्म सेलेक्सनमा अझै चनाखो बनेका छन् । दिल क्या करे, गंगाजल , अपहरण , राजनीति र सत्याग्रह जस्ता फिल्ममा अजयले काम गरेका छन् । गंगाजल , अपहरण र राजनीतिमा उनले निर्वाह गरेको भूमिकाको राम्रै चर्चा हुने गर्छ । अजय एकपछि अर्को मसालेदार फिल्म मार्फत दर्शक सामु आउँदा उनलाई यस्ता फिल्ममा प्रकाश झाले निर्देशन गरेका थिए । दामुल , परिणति , मृत्युदण्ड जस्ता फिल्म निर्देशक गरेर चर्चामा आइसकेका निर्देशक प्रकाश झासंग अजयले ‘दिल क्या करे’ मा पहिलो पटक सहकार्य गरेका थिए । त्यसपछि अजय र प्रकाशको यात्राले सत्याग्रहसम्म निरन्तरता पायो । केहि समय यता यी दुईको विचमा राम्रो सम्बन्ध थिएनन् ।
खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्विकार गरेपछी यी दुईको सम्बन्ध चिसिएको थियो । तर यतिबेला भने यी दुई एक सोसल ड्रामा बनाउने सल्लाह गरिरहेको खबर भारतीय मिडियामा छ । अजयले आफ्नो पुराना साथी तथा निर्देशक झासँग हात मिलाउँदा दर्शक खुसि नहुने कुरै भएन । त्यसो त निर्देशक झाले पनि नयाँ फिल्म ‘जनादेश’ बनाउने तयारीमा रहेको बताएका छन् । कतै यी दुइको सहकार्य यसै फिल्ममा त हुने हैन ? विशेषत निर्देशक झाले राजनीतिक परिवर्तनपछि समाज र परिवारमा पर्ने असरमा फिल्म बनाउने गर्छन् । बुझिए अनुसार प्रकाश झासँग उक्त फिल्ममा अजय पनि निर्माता हुनेछन । पछिल्लो समय अजय अघिल्ला फिल्म झैँ कथा राम्रो हुनुपर्नेमा जोड दिइरहेका छन् ।
(एजेन्सी)









