फिल्म । फिल्म ‘क्याप्टेन’ मार्फत फिल्ममा उदाएकी उपासना सिंह ठकुरी नोटिस भइन । उनले डेब्यु फिल्ममै अहिलेका पपुलर स्टार अनमोल केसीसंग कान गरेकाले नोटिस भइन । लगतै उनले ‘कबड्डी कबड्डी कबड्डी’ मा काम गर्ने अवसर पाईन । त्यो पनि काजीको ‘सोल्टिनी’ बनेर । कबड्डी सिरिजमा तेस्रोले झन्डै १० करोडको व्यापार गर्न सफल भयो । त्यसपछि उनि खोजिने हिरोइनमा परिन् । यद्दपी कबड्डीको सफलतापछि उनले नयाँ फिल्ममा काम गरेको खबर सुनिएको छैन । के गर्दैछिन् त उपासना ? उनि पछिल्लो समय अध्यनमा व्यस्त छिन् ।
आफुलाई मन परेकोले फिल्म ‘कबड्डी कबड्डी कबड्डी’का लागि बिबिएको कक्षा नै छाडेर सुटिङ र फिल्मको प्रचारप्रसारमा लागिन् । त्यसले बिबिएमा निकै ‘ब्याकपेपर’ रहन पुगे । त्यसैले यतिबेला आफ्नो प्राथमिकतामा अध्यन परेको उनले बताईन । ‘आउँदो भाद्रसम्ममा पढाइ सकेर मात्र फिल्ममा आउँछु ’ उनले भनिन् । केहि समयको ब्रेकपछि फेरी आफु फिल्ममा आउने उनको सोचाइ छ । साथै , उनले विजनेस गर्ने पनि सोँच बनाएकी छिन् ।










