सङ्गीत । गायक कर्णराज गिरीले नयाँ गीत ‘मनमा फूल्ने माया’ ल्याएका छन् । ‘भ्वाइस अफ नेपाल’ मा प्रतियोगीको रुपमा देखिएसँगै मेला महोत्सवमा व्यस्त भइरहेका गायक गिरी आधुनिक सुगमसङ्गीतमा दख्खल राख्दछन् । पछिल्लो समय डान्सिङ नम्बरमा केन्द्रीत भइरहेका गायक गिरीले यस गीतलाई गायिका एलिना चौहानसँगको सहकार्यमा तयार गरेका हुन् ।
सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ । भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ ।
भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर, अनिताको मेकअप, हेमन्त लामिछानेको कोरियोग्राफी तथा जगत रेग्मीको निर्देशन छ । फोर के मिडियामा भिडियोको पोस्ट प्रोडक्सन गरिएको हो ।
कमेन्ट गर्नुहोस्