सन्नी नेपाल आउंदै

9 Shares

फिल्म । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । अघिल्लो भ्रमणमा विजेनसका लागि आउने सन्नीले यसपटक भने आफु अभिनित फिल्म ‘पासवर्ड’ को प्रमोसनको लागि आउंदैछिन् । उनि प्रमोसनसंगै प्रिमियरमा समेत सहभागी हुनेछिन् । विहिबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड हुनेछिन ।विहिबार बेलुका ७:३० बजे कुमारी हलमा रेड कार्पेटमा मिडिया साक्षात्कार गरेपछि उनले ‘पासवर्ड’ हर्नेछिन् । प्रिमियर पश्चात उनि हायात होटलमा बस्नेछिन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । ‘पासवर्ड’ भदौ २७ अर्थात शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ ।

Facebook Comments