निफमा अनुरागसंग अन्तरक्रिया

0 Shares

फिल्म । बलिउडका प्रसिद्ध लेखक तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव नेपाली फिल्मकर्मी माँझ साट्ने भएका छन् । बलिउडमा ग्याङस अफ वासेपुरको सिरिज निर्देशन गरेर चर्चामा आएका अनुराग निर्देशकसंगै लेखक , निर्माता र कलाकार पनि हुन् । पछिल्लो समय उनले अभिनय मार्फत पनि आफ्नो व्यक्तित्वलाई बढाएका छन् ।

अनुरागले नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा आफ्नो अनुभव साट्न लागेका हुन् । कोरोना भाइरसको कारणले सिर्जित अवस्थाले गर्दा यसपटक हाईब्रिड हुने भनिएको निफको उद्घाटन बैशाख २३ गते हुदैछ । उद्घाटन पश्चात सोहि दिन दिउसो ३ बजेर ३० मिनेटमा उनले आफ्नो अनुभव साट्ने सेड्युल रहेको फेस्टिभलका अध्यक्ष केपी पाठकले बताए ।

पाठकले उनको सेड्युल १ घण्टा ३० मिनेटको रहेको समेत बताए । अनुरागको अनुभवले नेपाली फिल्मकर्मीलाई पनि केहि टेवा पुग्ने विश्वास अध्यक्ष पाठकको रहेको छ । कोरोन भाइरस ( कोभिड – १९ ) का कारण परिस्थिति जटील बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका केही इभेन्टहरु अनलाईन हुने भएको हो । नेपाल सरकारको मापदण्ड अनुसारनै उदघाटन र समापन समारोह गरिने आयोजक संस्थाले जनाएको छ ।

यस्तै, फेस्टिभलका फिल्महरुलाई भने अनलाईन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरुले घरमै बसेर हेर्न सक्ने छन् । फेस्टिभलको अर्को महत्वपूर्ण अंगको रुपमा रहेको विभिन्न विषयगत बहसको कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाईन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने समेत आयोजकले जनाएको छ ।‘यसपटक हाम्रो फेस्टिभल दर्शकजे घर आँगनसम्म पुग्नेछ’ निफका अध्यक्ष केपी पाठक भन्छन् ,’परिस्थिति अनुकुल नभएकोले यसपटक हामीले हाईब्रिड गर्न बाध्य भयौं ।’ यसअघि फेब्रुअरी महिनाको मध्यमा आयोजना हुँदै आइरहेको निफको यो चौथो संस्करण हो ।

कमेन्ट गर्नुहोस्