फिल्म । ‘मर्दानी’ को सफलतापछी यसकी लिड एक्ट्रेस रानी मुखर्जीले सिक्वेलमा दर्शक माँझ ल्याउने भएकी छिन् । निर्माण कम्पनि यशराज फिल्म्सले आउँदो डिसेम्बर १३ मा फिल्म रिलिज हुने घोषणा गर्नुका साथै यसको ट्रेलर पनि सार्वजनिक गरेको छ । निर्माता आदित्य चोपडासँग विवाह बन्धनमा बाधिएपछी फिमेल लिड फिल्ममा मात्र काम गरिरहेकी रानीले सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग देखिदैछिन् ।
आहान यसैफिल्म मार्फत बलिउडमा आउंदैछन् । उनलाई सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको छ । फिल्ममा संवत उनि भिलेनको भूमिकामा छन् । उनको लुक्सलाई रिभिल गरिएको छैन । फिल्ममा भारतको एउटा सोसल इस्युलाई बेस्ड बनाइएको छ । मर्दानीकै लेखक गोपी पुथरणले यसलाई निर्देशन गर्ने चर्चा गरेका हुन् । फिल्ममा रानीलाई एक्सन अवतारमा दर्शकले देख्न पाउनेछन् जसको झल्क सार्वजनिक एक भिडियोले दिईसकेको छ । फिल्ममा रानीलाइ निडर पुलिस अफिसरको भूमिकामा देख्न सकिनेछ ।










