निखिलको कथाले बल्ल माँग्यो संचिता ?

फिल्म । निखिल उप्रेती फिल्मी प्रेमी माँझ परिचित नाम हो । पिंजडा मार्फत डेब्यु गरेका निखिलले एक्सन फिल्मको ट्रेण्ड नै सेट गरे । उनले गर्ने एक्सन र स्ट्न्डले दर्शकलाई हलसम्म आउँन बाध्य बनायो । तर यिनै निखिल केहि समय ग्यापपछी भैरव मार्फत कमब्याक भए । कमब्याक पनि उनको एक्सनको राम्रै चर्चा भयो ।

तर , त्यसको साखलाई उनले जोगाउन सकेनन् । यिनै निखिल पछिल्लो समय फिल्म ‘आयो भैरव’ को काममा व्यस्त छन् । उनको कमब्याकलाई शानदार बनाएको फिल्म ‘भैरव’ को सिक्वेललाई उनि विना सम्झौता तयार गर्ने उदेश्यका साथ् काममा व्यस्त छन् । फिल्ममा उनि प्रहरीको भूमिकामा देखिनेछन् भने यसपटक फिल्मले भ्यालीको कथालाई उठान गर्नेछ ।

आफैले कथा लेखिरहेका निखिलले यसपटक संचिता लुइँटेललाई अभिनय गराउने सम्भावना बढ्दो छ । उनि निखिलकी श्रीमती पनि हुन् । यी दुइले विवाहपछी एकसाथ काम गरेका छैनन् ।अगाडी काम गरिएको फिल्म मर्यादा , माया त माया हो लगायतलाई दर्शकले रुचाएका थिए । तर, निखिलले आफ्नो कथामा संचिता फिट नभएकोले नलिएको प्रतिक्रिया दिदै आएका थिए । अब के कथाले संचितालाई मागेकै हो त ? यो त निखिल नै जानुन तर यी दुइलाई पर्दामा जोडीकै रुपमा पाउँदा फ्यान भने अवश्य खुसि हुनेछन् ।

कमेन्ट गर्नुहोस्