प्रशान्तको फिल्ममा जुनिएर एन्टीआर

फिल्म । आफ्नो पछिल्लो फिल्म ‘केजिएफ’ को कारण साउथ इण्डियासँगै बलिउडमा पनि उत्तिकै क्रेज बनाउन सफल भएका निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा कसलाई कास्ट गर्नेछन् भन्ने चर्चा चल्न थालेको छ । उनको निर्देशन रहेको फिल्म ‘केजिएफ च्याप्टर २’ प्रदर्शनको लागि तयार छ । यद्दपी भारतमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण फिल्म रिलिज बारे अझै टुङ्गो लागेको छैन ।

यद्दपी प्रशान्तले नेक्स्ट फिल्म स्टार प्रभाससंग गरिरहेका छन् । उनले फिल्मको टाइटल ‘सलार’ राखेका छन् । यसको छायांकन पनि प्रारम्भ भएको थियो । यद्दपी कोरोना भाइरसकै कारण अगाडी बढ्न सकेको छैन । साउथका दुइ स्टार यश र प्रभाससंग काम गरेका प्रशान्तले नेक्स्ट फिल्ममा जुनिएर एन्टीआरसंग काम गर्ने भएका छन् ।

उनले केहि समय अगाडी एक ट्विट गर्दै एक्टर जुनिएर एन्टीआरलाई जन्मोत्सवको शुभकामना दिएका थिए । जहाँ उनले लेखेको शब्दले पनि फ्यानले अनुमान लगाएका थिए । यसलाई जुनिएर एन्टीआरले प्रस्ट्याएका छन् । उनले एक अन्तवार्ताको क्रममा फिल्ममा काम गर्ने खुलाएका छन् । ‘मैले प्रशान्तसंग जनता ग्यारेज’ जस्तो सफल फिल्ममा काम गरिसकेको छु र एउटा प्रोजेक्टमा छिटै काम गर्नेछौ’ उनले भने ।

पछिल्लो समय आरआरआरमा व्यस्त जुनिएर एन्टीआरले त्यसपछि कोरतल्ला शिवाको फिल्ममा काम गर्नेछन् । त्यसपछि प्रशान्तसंग काम गर्ने सेड्युल छ । यता प्रशान्त पनि ‘केजिएफ च्याप्टर २’ को प्रदर्शन सकेर प्रभाससंग ‘सलार’ मा व्यस्त हुनेछन् । त्यसपछि उनले सेड्युल मिलाएका छन् । यी दुइले एकै फिल्ममा काम गर्ने चर्चा चलिरहदा फ्यान निकै खुसि छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्