फिल्म । प्रवासी नेपालीको कथामा ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्रले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ ।
अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार प्रधानकै निर्देशनमा तयार हुने चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । प्रवासी नेपालीको जीवन भोगाई र नेपाली कला, संस्कार, संस्कृतिको विभिन्न पाटोलाई चलचित्रमा देखाईने निर्देशक प्रधानले बताए ।
अमेरीका, म्यानमार, भुटान र भारतसहित चार देशका चार नेपाली भाषी अभियन्ता नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु इतिहास ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ ? भन्ने विषयलाई पर्दामा प्रस्तुत गरिने निर्देशक प्रधानको भनाई छ ।
मङ्सिर ६ गतेबाट सुरु हुने चलचित्रको छायांकन पाचथर, झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ । यसमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ । निर्देशक प्रधानको कथा तथा निर्देशन रहेको चलचित्रमा दिपक शर्माको संगीत ,सौरव लामाको छायांकन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ ।