लेखन र निर्देशन कार्यशाला सम्पन्न

फिल्म। चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन बिषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो ।

विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर बर्वेले आफुले नेपालमा केहि अनुभवि तथा केहि नयाँ फिल्ममेकरहरूसँग तीन दिन बिताउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रशिक्षार्थीको रुपमा सहभागि नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले यो कार्यशालामा भाग लिन निकै उत्साह जागेर तीन दिनसम्म लगातार बसेको बताउनुभयो । ‘फिल्ममेकरहरूले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन । म अन्य सहभागीहरु भन्दा सिनियर भएतापनि मैले सँगै बसेर सिक्न कुनै अप्ठेरो महशुस गरिन ।’

बोर्ड अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकोले सोहि उद्देश्यसहित यो कार्यशालाको आयोजना गरिएको बताउनुभयो । चलचित्र विकास बोर्ड राष्ट्रिय चलचित्र उद्योगलाई सहयोग र प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको बताउँदै केसीले भन्नुभयो, ‘चलचित्र उद्योगमा रोजगारी सृजना गर्ने, अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र नेपालको कला र सांस्कृतिक सम्पदालाई विश्वसामु देखाउने क्षमता रहेको हामीले बुझेका छौं । हामी नेपालको चलचित्र उद्योगको विकास र विस्तारका लागि उपयुक्त वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेका छौं ।’

कमेन्ट गर्नुहोस्