एउटै फ्रेममा दया , सौगात , अर्पण र अनुप

फिल्म । अभिनेता दयाहाङ राईले सोसल मिडियामा एक तस्वीर शेयर गरेका छन् , जसमा पछिल्लो समयका ह्यान्डसम हंक अटाएका छन् । तस्वीरमा दयासंगै सौगात मल्ल , अर्पण थापा र अनुप बिक्रम शाही देखिएका छन् । यतिबेला यो टोली युरोपमा छ । मुकुन्द भट्टको निर्देशनमा फिल्म ‘लप्पन छप्पन २’को छायांकन यतिबेला धमाधम भैरहेको छ ।

नेपालबाट भागेको अपराधी खोज्ने क्रममा फिल्मको टिम विदेश पुगेको छ । नेपालमा यसका केही दृश्य छायांकन गरेर यसको टिम यूरोप उडेको हो । फिल्ममा नायिकाको रुपमा नम्रता श्रेष्ठ र सुरविना कार्कीले काम गरिरहेका छन् । एक्सन जनरामा निर्माण गरिएको फिल्म फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्