स्वस्तिमाको ‘उडायो मन’ (भिडिओ)

फिल्म । आउँदो घटस्थापनालाई प्रदर्शन तय गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा जयन जे वाइवा सङ्गीतसँगै शब्द र ऐरेन्ज रहेको छ । गीतमा इन्द्रकला राईको स्वर रहेको छ ।

यस्तै गीतमा नेपाली भाषासँगै थारु भाषाको गीतसमेत मिश्रण गरिएको छ । सो गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् । गीतको भिडियोमा शीर्ष अभिनेत्री स्वस्तिमा खड्का मुख्यरुपमा फिचर भएकी छन् । उनका अलावा सिम्रिक खड्का तथा निश्चल बस्नेत फिचर भएका छन् । गीतको कोरियोग्राफी शेखर घर्तीमगरले गरेका हुन् ।

फिल्ममा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमामा केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय फिल्म हो । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ ।

कमेन्ट गर्नुहोस्