फिल्म । बलिउडमा अभिनेत्री स्वरा भाष्करले आफुलाई विस्तारै आफ्नो फिल्मबाट चिनाउदै छिन् । उनले एकपछि अर्को फिल्म मार्फत आफुलाई प्रमाणित गर्दै बलिउडमा आगाडी बढिरहेकी छिन् । यिनै स्वराले गत वर्ष ब्वाईफ्रेन्ड लेखक हिमांशु शर्मासँग ब्रेकअप गरेकी थिइन् । उक्त समयमा आफ्नो प्रेम जीवनको बारेमा नबोलेकी स्वराले यतिबेला भने त्यसबारे मुख खोलेकी छिन् ।
‘एकअर्कालाई धोका दिएका थिएनौ’ उनले भनिन्,’आफूहरूको प्रेम यात्रा यहाँसम्मको मात्रै भएको र सल्लाहमै छुट्टिएका हौँ ।’ उनले आफ्नो प्रेमलाई गार्डेनमा हिडेर दोबाटोमा पुगेको बताएकी छिन् । ‘यो अवस्थामा आआफ्नो बाटो समातेर छुट्टिनुको विकल्प हुँदैन’ उनले भनिन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











