चैत्र १ बाट सर्यो ‘लभ स्टेसन’

फिल्म । फिल्म ‘लभ स्टेसन’ चैत्र १ मा रिलिज हुने भनिएको थियो तर अब फिल्म उक्त डेटमा रिलिज नहुने भएको छ । बुझिएअनुसार फिल्म त्यसको एकहप्तापछी वा बैशाखमा रिलिज हुने सम्भावना बढ्दो छ । घोषित डेटमा तिन फिल्म भएकोकारणले गर्दा फिल्म सर्न बाध्य भएको हो । यहिँ डेटमा यसअगाडी नै तिन फिल्महरु जानी नजानी , पुरानो बुलेट , द म्यान फ्रम काठमाण्डौले रिलिज डेट घोषणा गरिसकेका छन् । प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उज्वल केहि समयको अन्तरलमा यसैफिल्म मार्फत निर्देशनमा आएका छन् ।

लभ स्टेसन ठाउसँग जोडिएर बढ्ने कथालाइ सांगीतिक प्रेम कथामा तयार भएको फिल्म भनिएको छ । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

कमेन्ट गर्नुहोस्