
फिल्म । आज यहाँ लाजिम्पाटस्थित दुसित प्रिन्सेससको सभाहलमा एक समारोहको बीच ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ सम्पन्न भएको छ । आयोजित समारोहमा २३ प्रतिष्पर्धात्मक विधाका विजेतासँगै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा पुरस्कृत र सम्मान प्रदान गरियो । अवार्ड व्यवस्थापन गरिरहेको गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्राइभेट लिमिटेडको व्यवस्थापनमा आयोजित अवार्ड समारोहमा विसं २०८० सालभर प्रदर्शन भएर अवार्डमा सहभागी भएका चलचित्र मध्येबाट निर्णायकले उत्कृष्ट घोषणा गरेका हुन् ।
आयोजित समारोहमा ‘उद्धव दीर्घसाधना सम्मान’ अभिनेता नीर शाह र ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कारतर्फको पुरस्कार पत्रकार श्याम स्मृतले प्राप्त गर्नुभयो । अभिनेता शाहलाई नगद राशी एकाउन्न हजार रुपैयाँ र पत्रकार स्मृतलाई नगद राशि एक्काइस हजारसहित सम्मान तथा पुरस्कार प्रदान गरियो । सम्मान ग्रहण गरेपछि अभिनता शाहले मन्तव्यको क्रममा नेपाली चलचित्रलाई यहाँसम्म पुर्याउन योगदान दिनुहुने व्यक्तित्वको बीच सम्मनित हुँदा खुसी भएको बताए । यस्तै, ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रकतर्फको पुरस्कार अरुण रेग्मी (महानगर), ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसङगीततर्फको पुरस्कार किरण तुलाधर (बुलाकी), ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ) तर्फको पुरस्कार मुकेश शाह (नाङगो गाउँ), ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशकतर्फको पुरस्कार हिमाल केसी (एक भगवत एक गीता ), ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशकतर्फको पुरस्कार कविराज गहतराज (एक भगवत एक गीता), ‘किरण’ सर्वोत्कृष्ट गीतकारतर्फको पुरस्कार सुष्मा सिग्देल (नाङगो गाउँ), ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायनतर्फको पुरस्कार एसडी योगी र अन्जु पन्त (नाङगो गाउँ), ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङगीतकारतर्फको पुरस्कार आशिष अविरल (एचो पैचो), ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादकतर्फको पुरस्कार वनिश शाह (पशुपति प्रसाद २ : भष्मे डन), ‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकारतर्फको पुरस्कार शिव ढकाल (बुलाकी), ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवादतर्फको पुरस्कार उपेन्द्र सुब्बा (जारी), ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखनतर्फको पुरस्कार प्रदीप भट्टराई (महाजात्रा), ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्रतर्फको पुरस्कार जारी, ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्रतर्फको पुरस्कार द रेड सुट्सेकले प्राप्त गर्यो ।

यस्तै, ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकारतर्फको पुरस्कार रवीन्द्र झा (महाजात्रा), ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्रीतर्फको पुरस्कार परिक्षा लिम्बू (जारी), ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेतातर्फको पुरस्कार प्रकाश सपूत (परदेशी २), ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्रीतर्फको पुरस्कार वर्षा शिवाकोटी (पशुपति प्रसाद २: भष्मे डन), ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेतातर्फको पुरस्कार अर्पण थापा (दिमाग खराब), ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्रीतर्फको पुरस्कार स्वस्तिमा खड्का (दिमाग खराब) र मिरुना मगर (जारी), ‘शिव’ सर्वोत्कृष्ट अभिनेतातर्फको पुरस्कार विपिन कार्की (महाजात्रा), ‘हिरा’ सर्वोत्कृष्ट चलचित्रतर्फको पुरस्कार महाजात्रा र ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशकतर्फको पुरस्कार प्रदीप भट्टराई (महाजात्रा) ले जित्न सफल भए ।

आयोजित अवार्डमा सम्पूर्ण विधा नेपाली चलचित्रमा योगदान दिनुभएका विशिष्ट व्यक्तिलाई समर्पित गरिएको छ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ भन्ने नारासहित आयोजना गरिएको यो अवार्ड विसं २०६९ सालमा सुरू गरिएको थियो । अवार्डकी अध्यक्ष निकिता पौडेलले केही वर्ष अवार्ड कार्यक्रम रोकिएता पनि आगामी दिनमा निरन्तर हुने जानकारी दिईन् ।
कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुषाल, अभिनेता रमेश उप्रेती, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, सङगीतकार शम्भुजित बाँस्कोटा, अभिनेता रमेश उप्रेती लगायत उपस्थित थिए ।
