फिल्म। अभिनेत्री आँचल शर्मा अभिनित ‘नाई नभन्नु ल ६’ प्रदर्शनरत छ। अघिल्लो सिरिजहरूको तुलनामा व्यावसायिक रुपमा कम्जोर देखियो फिल्मकी अभिनेत्री शर्मा अहिले चर्चामा छिन्। उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार फिल्म रिलिजको दिन भएको व्यस्तता देखिएको छ। उनी भन्छिन्,’फिल्म रिलिजको दिन फिल्मको परफर्मेन्ससँगै आफ्नो कामलाई लिएर पनि बैचेनी हुन्छ । यो समयमा इन्टरभ्युका लागि कुरा गर्दा मैले नम्रतापूवर्क अहिले नगरुँ भनेको हो । तर यही कुरालाई लिएर कतिले एटिच्युड देखाएकोदेखि लिएर मेरो लवाइ खवाइसम्म गएर टिप्पणी गर्नुभयो ।’
अभिनेत्री शर्माले फिल्म र आफूले निर्वाह गरेको चरित्र र आँचल शर्मा फरक भएको उल्लेख गरेकी छिन् । उल्लेखित तीन कुरालाई एकै बास्केटमा राखेर व्यक्तिगत टिप्पणी गर्नु, कति जायज हो ? भन्दै उनले प्रतिप्रश्न गरेकी छिन्। मोडलिङ, म्युजिक भिडियो हुँदै ‘नाई नभन्नु ल ४’ बाट फिल्ममा पाईला टेकेकी अभिनेत्री शर्मा आफुलाई यसक्षेत्रमा स्थापित गरिसकेकी छिन्।











