संगीत । हाँस्यकलाकार विल्सन विक्रम राईले नयाँ गीत ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द रचना र गायनमा विल्सनले यो गीत तयार पारेका हुन् । कमेडी शैलीमा तयार गरिएको गीतमा मेलिना राईले विल्सनलाई युगल गायनमा साथ् दिएकी छिन् । भने, दीपक शर्माले संगीत भरेका छन् ।
विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । गीतमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मे बुढाको भूमिकामा अभिनय गरेका छन् । विक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई विल्सनले आफ्नै युट्युब च्यानल तक्मेबुढा डटकमबाट सार्वजनिक गरेका हुन् ।
कमेन्ट गर्नुहोस्











