फिल्म । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले जितेका छन् । सोमबार नेपाल पुलिस क्लबमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनीहरूले यो उपाधि हासिल गरे । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेन्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले भए ।
मिसेस पब्लिक च्वाइसमा मुना घले र उपविजेतामा नन्द गुरुङ चुनिए । मिसेसतर्फ अन्य उपाधिहरूमा मिसेस भ्युअर च्वाइस कुमारी गुरुङ, मिसेस अर्गनाइजर च्वाइस र मिसेस फोटोजेनिक मेलिना गुरुङ, मिसेस ट्यालेन्ट मीना गुरुङ, मिसेस अनुशासन हेमा गुरुङ, मिसेस व्यक्तित्व माया गुरुङ, मिसेस आत्मविश्वास कुमारी गुरुङ, मिसेस इन्टेलिजेन्स गंगा गुरुङ, मिसेस फ्रेन्डशिप मुना घले, मिसेस हार्डवर्किङ रश्मी गुरुङ, मिसेस बेस्ट स्माइल जुना गुरुङ, मिसेस ब्यूटिफुल मेलिना गुरुङ, मिसेस अनेष्ट कृष्णमाया गुरुङ, मिसेस हम्बल मीना घले, मिसेस आज्ञाकारी नन्द गुरुङ, मिसेस प्रेरणादायी बिचु गुरुङ, मिसेस बेस्ट हेयर क्षमा गुरुङ, मिसेस बेस्ट स्किन रञ्जिता गुरुङ, मिसेस ग्रेसफुल धनु गुरुङ, मिसेस कल्चरल सपना गुरुङ, मिसेस आकर्षक कञ्चन गुरुङ, मिसेस एक्टिभ सृजना गुरुङ, मिसेस इनोसेन्ट लक्ष्मी गुरुङ, मिसेस सिन्सियर मायादेवी गुरुङ र मिसेस नेतृत्व पूर्णिमा गुरुङले जिते।मिसतर्फ फष्ट रनरअप अनिता गुरुङ, सेकेन्ड रनरअप ईशा गुरुङ, पब्लिक च्वाइस फुलमाया गुरुङ, पब्लिक च्वाइस रनरअप अनिता गुरुङ, दर्शकको रोजाइ सुनिला गुरुङ, आयोजकको छनोट हिमाली गुरुङ, मिस फोटोजेनिक सुमा गुरुङ, मिस ट्यालेन्ट अनिता गुरुङ, मिस डिसिप्लिन जेनिशा गुरुङ, मिस पर्सनालिटी सुप्रिया गुरुङ, मिस कन्फिडेन्ट सुनिला गुरुङ, मिस इन्टेलिजेन्स फुलमाया गुरुङ, मिस फ्रेन्डशिप सपना घले, मिस लिडरशिप सम्पदा गुरुङ, मिस बेस्ट स्माइल सृजना गुरुङ, मिस ब्यूटिफुल ईशा गुरुङ, मिस चार्मिङ अनिता गुरुङ, मिस एक्टिभ सुमा गुरुङ, मिस इनोसेन्ट हिमाली गुरुङ र मिस इमान्दार पवित्रा गुरुङले उपाधि जिते ।
विजेता, उपविजेता र अन्य उपाधि विजेताहरूले उपाधिसहित गिफ्ट ह्याम्पर र पुरस्कार प्राप्त गरे।निर्णायक मण्डलमा वरिष्ठ अभिनेता सरोज खनाल, वरिष्ठ गायक आनन्द कार्की, पूर्व डीआईजी डा. देउती गुरुङ, नृत्य कोरियोग्राफर केशव थापा र मैनुका राई थिए। विशिष्ट अतिथिहरूमा बागमती प्रदेश खेलकुद मन्त्री उर्मिला केसी, नेपाली कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन, राप्रापा केन्द्रीय सदस्य पर्शुराम तामाङ, नेपाली कांग्रेस केन्द्रीय सदस्य राधा घले, कोशी प्रदेश सांसद डोल्मा तामाङ, पूर्व सांसद मनकुमारी गुरुङ, नेपाल प्रहरीका एआईजीपी चन्द्र कुबेर खापुङलगायत उपस्थित थिए।प्रमुख अतिथि डा. महतले नेपालको विविधतायुक्त संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने बताउँदै आयोजकलाई धन्यवाद दिए ।
एसके इन्टरटेन्मेन्टद्वारा आयोजित यो कार्यक्रमको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गरेकी थिइन् । उनले यो संस्करण अघिल्ला संस्करणभन्दा व्यवस्थित, भव्य र प्रभावकारी भएको दाबी गरिन्। नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको यो सौन्दर्य प्रतियोगितामा सहभागी सबै महिलालाई फारम, प्रशिक्षण र आवश्यक सहयोग निःशुल्क प्रदान गरिएको थियो। शान्ताले यो प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमता उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्याउने उद्देश्य राखेको बताइन् ।
शान्ता जय नेपाल इन्टरनेशनलकी संस्थापक हुन् र आदिवासी जनजाति तथा महिलाहरूको सशक्तीकरणमा लामो समयदेखि सक्रिय छिन् । धादिङमा नेपाली कांग्रेसको राजनीति र समाजसेवामा समेत उनको योगदान छ ।












