ओस्कर अवार्डको भिएफएक्स तर्फ सर्टलिस्टमा २० फिल्म

फिल्म । विश्व प्रसिद्ध अवार्ड ओस्कार अवार्डको चर्चा सुरु हुन् थालिसकेको छ । आउँदो वर्ष सन् २०२० को फेब्रुअरी ९ मा हुने अवार्डको मनोनयन झन्डै एक महिना अगाडी जनवरी १३ मा सार्वजनिक गर्ने तालिका तय छ । यसैले गर्दा कुन कुन फिल्म छनौटमा परे भन्ने चर्चा हुनु स्वाभाविक नै हो । ओस्कार अर्थात् एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेस अवार्डको पर्खाइ विश्वभरका फिल्मकर्मीलाई हुने गर्छ । यसको ९२ औं संस्करणमा मार्टिन स्कोरसेजेको ‘दी आइरिसम्यान’ र मार्भलको ‘दी एभेन्जर्स एन्ड गेम’ भिएफएक्स विधाको नोमिनेसन सर्टलिस्टमा परेका छन् ।

यस विधामा ‘क्याप्टेन मार्भल’,‘स्पाइडर म्यान : फार फ्रम होम’, ‘अल्लादिन’, ‘एड आस्ट्रा’, ‘दि एरोनट्स’, ‘एलिटा : ब्याटल एन्जल’,‘क्याट्स’, ‘डम्बो’, ‘ फास्ट एन्ड फ्युरियस प्रेजेन्टस : हब्स एन्ड श’, फोर्ड भर्सस फरारी’, जेमिनाई म्यान’,‘दि लायन किंग’,म्यान इन ब्लाक : इन्टरनेसनल’,‘मिडवे’,‘स्टार वार्सःदि राइज अफ स्काइवाल्कर’,‘जुमान्जीःद नेक्स्ट लेवल’,‘१९१७’ र ‘टर्मिनेटरःडार्क फेट’ सहित कुल २० फिल्म छन् । अवार्डको भिएफएक्स कमिटीले यीफिल्मलाई नोमिनेसमा जान योग्यको रुपमा छानेको हो । जसमध्ये १० फिल्म मात्रै नोमिनेसनमा पर्ने छन् । ९२ औं ओस्कर अवार्ड ९ फेब्रअरी २०२० मा लस एन्जलसको डल्बी थिएटरमा हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्