लतालाई गाउँन नदिने संगीतकार !

संगीत । भारतीय पार्श्व गायिका लता मंगेशकरको आवाज मन नपराउने सायदै कोहि होलान । किनकी उनको आवाजको चर्चा सर्वत्र हुने गर्छ भने उनि सदाबहार गायिका हुन् । उनले आवाज दिएको कयौ गीत कालजयी छन् । तर यिनलाई मन नपराउने एक संगीतकार छन् , जसले उनलाई गीत गाउने अवसर पनि दिएका छैनन् । लतालाई मन नपराउने संगीतकार हुन् , ओपी नैयर । पाकिस्तानको लाहोरमा जन्मिएका ओपी भारतीय गीतसंगीतमा सम्झिनु पर्ने एउटा नाम हुन् । उनले धेरै हिट गीत दिएका छन् , तर उनको संगीतमा लताले कुनै गीतमा आवाज दिएकी छैनन् ।

उनले सन् १९५२ मा रिलिज भएको फिल्म ‘आसमान’ मार्फत संगीतकारको रुपमा डेब्यु गरेका थिए भने त्यसपछी आरपार , मिस्टर एंड मिसेज ५५ , सी आई डी , तुम सा नहीं देखा लगायतको फिल्मले उनलाई सफल बनाएको थियो । उनको ट्युनिङ लतासँग नमिले पनि अर्की गायिका शमशाद बेगमसँग भने मिल्थ्यो । यी दुईले कभी आर कभी पार,ले के पहला पहला प्यार,कजरा मोहब्बत वाला , कहीं पे निगाहें कही पे निशाना लगायतका हिट गीत दिईसेका छन् । उनले लतासँग किन काम गरेनन् त ? उनले एक अन्तर्वार्ताको क्रममा भनेका छन् ‘मेरो संगीत लताजी लाई थिएन् , उनि फिट नभएकै कारण मैले स्टुडियो बोलाइन् ।’ तात्कालिन समयमा लताले गीत गाउनु सफलताको ग्रीन सिन्ग्नल थियो तर पनि ओपी भने त्यो लहरमा परेनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्