पुष्पनले ल्याए ‘लाहुर’ गीत

संगीत । पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ ।

संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् । हरि हुमागाईंले निर्देशन गरेको म्युजिक भिडियोमा उत्तम हुमागाँइको छायांकन, हरिकै सम्पादन छ । भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ । भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्