‘एक दिवसीय चलचित्र उत्सव’ आयोजना हुँदै

फिल्म । पछिल्लो समय प्रदर्शनमा आएका फिल्महरुले राम्रो ब्यापार गर्न सकेका छैनन् । एकपछि अर्को आश गरिएको फिल्मले राम्रो ब्यापार गर्न नसक्दा फिल्मकर्मी तथा यससंग जोडिएका व्यक्तित्वमा केहि निराशा भन्ने बढ्दैनै छ । यसै बीच चलचित्र प्रदर्शक तथा वितरकहरुको संस्था चलचित्र संघले विभिन्न समयमा नेपाली फिल्मनगरीमा परिवर्तन ल्याउने फिल्मलाई प्रदर्शन गर्ने भएको छ ।

संघले एक विज्ञप्ति जारि गर्दै आउँदो चैत्र २१ गते सानो संसार , लुट र छक्का पञ्जा २ प्रदर्शन गर्दै ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गर्ने भएको छ । ‘पछिल्लो समय किसिमको महोत्सवले चहलपहल दर्शक माँझ नेपाली फिल्मको गतिविधिलाई बढाउछ भन्ने आश छ’ संघका अध्यक्ष उदय भन्छन् ‘प्रदर्शन गर्न लगिएको तिन फिल्मले परिवर्तनमा कतै नकतै महत्वपूर्ण भूमिका खेलेका छन् ।’ आउँदो २१ गते कमलपोखरी स्थित क्युएफएक्स कुमारीमा तिनै फिल्म फरक फरक समयमा प्रदर्शन हुनेछ । सानो संसारलाई आलोक नेम्वाङले निर्देशन गरेका थिए ।

यस फिल्मले तात्कालिन समयमा बनिरहेको फिल्ममा फरक दर्शकलाई हलसम्म ल्याउन सफल भएको थियो भने यसमा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ र कर्माको अभिनय रहेको थियो । कागबेनीपछि डिजिटल प्रविधिमा बनेको यो दोस्रो फिल्म हो । यसैगरी निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’ ले फिल्मनगरीलाई चलायमान बनाएको थियो । सौगात मल्ल , कर्मा , दयाहाङ राइ , सुशील राज पाण्डे र प्रतिकराज न्यौपाने जस्ता कलाकारलाई फिल्मनगरीमा स्थापित नै बनायो । यसै फिल्मपछि तात्कालिन समयमा घोषणा हुन् लागेको संकट काल पनि हटेको थियो ।

यसैगरी छक्का पञ्जा सिरिजलाई फिल्ममा सबै भन्दा बढी ब्यापार गर्ने सिरिजको रुपमा लिइन्छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी , प्रियंका कार्की , केदार घिमिरे , जितु नेपाल , शिवहरि पौडेल , स्वस्तिमा खड्का लगायतको अभिनय रहेको थियो । अफ डेमा रिलिजको दिन सबै भन्दा बढी कलेक्सन गरेर रेकर्ड बनाएको फिल्मलाई स्वदेशमा मात्र होइन , विदेशमा पनि दर्शकको उत्तिकै माया प्राप्त भएको थियो । यी फिल्मको प्रदर्शन मार्फत पछिल्लो समय चिसिएको फिल्मनगरीलाई के कस्तो फाइदा गर्छ ? यो भने आउँदो दिनले बताउनेछ ।

कमेन्ट गर्नुहोस्