फिल्म । नेपाली फिल्म ‘लभ लभ लभ’ बाट नायकको रुपमा उदाएका सुरज पाण्डे निर्देशक बनेका छन् । उनको डेब्यु निर्देशनमा तयार हुने फिल्मको गत आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँग गरिएको छ । शुभमुहुर्त भएसँगै निर्माण टीमले गीत खिच्नको लागि मुस्ताङ हिडेको छ । मुस्ताङ पुगेपछि फिल्म युनिटले १० दिनसम्म त्यहाँ गीतको छायांकन गर्नेछ । ‘हामी गीतको छायांकन सकेर फर्किए लगतै दृश्यको छायांकन गर्छौं’ डेब्यु निर्देशक पाण्डेले भने ।
पेशाले निर्देशक भएता पनि यस फिल्ममा लेखक तथा निर्माता भूमिका निर्वाह गरिरहेका दिपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौंमा सिन खिच्ने गरी तयारी भएको बताए । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म आउँदो वर्ष २०७९ को कार्तिक ६ गते रिलिज गरिने पनि बताईएको छ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । यस फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहनेछ । यसमा निरज पाण्डेको छायांकन रहेनछ।











