निर्मात्री पाण्डे भन्छिन् ‘घरको ग्रस कलेक्सन करोड’

फिल्म । नेपालमा हरर फिल्म क्रेज राम्रै छ । तर स्वदेशी हरर फिल्मले दर्शक तान्न नसक्दा विदेशी फिल्मले राम्रो कमाइ गर्ने गरेका छन् । कनजुरिङ्ग , एनाबेल लगायतका हरर फिल्म हेर्ने तन्नेरीको राम्रै घुइचो हुने गर्छ । पछिल्लो समय नेपालमा बनेको सुनकेसरी र घरले पनि हरर फिल्मको दर्शकलाइ हलसम्म ल्याउन सफल भएका छन् ।

फिल्मले प्रदर्शनको दोश्रो साताको शनिबारसम्म एक करोडको व्यापार गरेको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिएकी छन् । उनले व्यापारिक सफलता यसअघिका फिल्मबाट चाख्न पाएकी थिइनन् । तर, यसपटक कम बजेटमा बनेको हरर फिल्मबाट उनले नाफा कमाउने देखिएको छ ।

फिल्मको व्यापार सिंगलभन्दा मल्टीप्लेक्स स्क्रिनमा राम्रो छ । दोश्रो साताको शनिबार पनि काठमाण्डौका अधिकांश मल्टीप्लेक्समा फिल्म हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् । यो फिल्ममा निर्देशक अर्पण थापासँगै बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ । निर्मात्री पाण्डे हरर फिल्ममा पनि दर्शक भएको अनुभुती आफूले गरेको बताइन् ।

कमेन्ट गर्नुहोस्