‘सम्हालिन्छ कहिले मन’ कहिले रिलिज ?

172 Shares

फिल्म । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को टोलि लण्डनको छायाँकन सकाएर नेपाल फर्किसकेको छ । टोलि नेपाल फर्किएपछी यतिबेला रिलिजको विषयलाई लिएर विभिन्न चर्चा हुन् थालेको छ । फिल्मको दृश्य र गीतको छायाँकन बाँकी नै छ । तर , फिल्मनगरीमा फिल्म आउँदो भाद्र २७ मा रिलिज हुने चर्चा छ ।

उक्त मितिमा पल शाह अभिनित तथा सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘हृदय भरी’ प्रदर्शन हुदैछ । सुदर्शन निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ मा काम गरेपछि पल र पुजा शर्माको टकरावका विषयलाई लिएर विभिन्न गसिप मिडियामा आइरहेकै छन् । अघिल्लो वर्ष पनि प्रेम गीत जोडी प्रदीप खड्का अभिनित फिल्म रोजसँग पुजाको फिल्म रामकहानीसँगै प्रदर्शनमा आएको थियो । यसपटकको सम्भावना पलसँग बढेको छ । फिल्मका निर्देशक सुदर्शन थापाले साउन ३० देखि भाद्र २७ सम्मको डेट हेरिरहेका छन् ।

‘मैले केहि सम्भावित डेट हेरेको छु , जसलाई वितरकसँगको छलफलपछी मात्र टुङ्गो लगाउनेछु’ निर्देशक थापा भन्छन् ‘फिल्मको रिलिज डेट केहि दिनमै घोषणा गर्नेछौ ।’ संवत नायिका पुजाको जन्मोत्सवमा फिल्मको डेट घोषणा हुन् सक्नेछ । फिल्ममा पुजासँगै आकाश श्रेष्ठ छन् भने यसै फिल्म मार्फत सोनम तोप्देन फिल्ममा डेब्यु गर्दैछन् ।

Facebook Comments