फिल्म । नेपाली फिल्म ‘पिताम्बर’ को निर्माण समूह दोस्रो चरणको छायांकनमा जुटेका छन् । भदौदेखि दोस्रो चरणको सेड्युल तय गरिएपछि छायांकन अगाडि कलाकार र निर्देशकले वर्कशप गरिरहेका छन् । काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा निर्देशक कृषा चौलागाईले कलाकार र प्राविधिकसँग आगामी छायांकनको विषयमा वर्कशप गरेको जानकारी दिएकी छिन् ।
‘ऐंचो पैंचो’ मार्फत निर्देशनमा डेब्यु गरेकी कृषाको ‘पिताम्बर’ दोस्रो निर्देशकीय फिल्म हो । यसअगाडि उनी फिल्म निर्मात्रीको रुपमा परिचित थिइन् । फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, र बिशाल पहारीको अभिनय रहनेछ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । विशाल चौलागाई निर्माता रहेको फिल्मको लेखन प्रदीप भारद्धाजले गरेका हुन् ।












