नयाँ फिल्ममा सुशील

फिल्म । फिल्ममा आफूले पाएको पात्रलाई जीवन्त बनाउने अभिनेता सुशील सिटौला नयाँ फिल्ममा अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले निर्माण तथा निर्देशन गर्ने भनिएको फिल्म ‘मायावी’मा सुशील अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशील अगाडी नै पल शाह र दीपिका प्रसाईं फिल्ममा तय भएका छन् ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्