‘सुन बनाउने, बिक्री गर्ने र लगाउने फिल्म हेर्नुपर्छ’ : निर्माता नारायण

फिल्म । नेपाली फिल्म ‘नम्बरी सुन’ का निर्माता नारायण खातीले यस फिल्मलाई सुन बनाउने, बिक्री गर्ने र लगाउनेले हेर्नुपर्ने बताएका छन् । ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म बनाउने सपना पुरा भएको बताए ।

नारायण : पहिलो सपना थियो फिल्म बनाउने। नम्बरी सुन बनाउनुको कारण भने सुन लगाउने, अब्नाउने र बिक्र्ती गर्ने ले हेर्न पर्ने फिल्म बनेको छ। यो कथा यसरी तयार गरिएको छ। सुन बनाउदा के ध्यान राख्नु पर्छ। यी तिनै का कथा छन्। यसमा फिल्मी शैली त छदै छ। आम दर्शकले आफ्नो भाग्य परिक्षा गर्ने बेला आएको छ। फिल्म हेर्दा सुन पाइने छ।

‘म आफैँ सुन व्यवसायसँग जोडिएकाले फिल्मको विषयवस्तु सुनसँग जोडिएको छ । त्यसकारण यसको विषयले व्यवसाय गर्नेसँगै लगाउनेलाई पनि जोडेको छ । मेरो फिल्म बनाउने सपना समेत यसबाट पुरा भएको छ’, निर्माता खातीले भने ।

उनले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा समेत गरे । राजु गिरी निर्देशित फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्