माछा माछा : दयाहाङ र रामबाबु निर्माता , सौगात हिरो

फिल्म । कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘माछा माछा’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकार र उनीहरुको गेटअपलाई देखाइएको छ । सौगात मल्ल, विजय बराल , अनोज पाण्डे, माओत्से गुरुङ र अभिनेत्री नम्रता श्रेष्ठलाई पनि पोस्टरमा विशेष स्थान दिइएको छ । यो फिल्मले तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्ष कथा भन्छ । सौगात मल्ल लिड रोलमा रहेको फिल्मलाई निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका हुन् ।

फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।

कमेन्ट गर्नुहोस्