ओटिटीमा ‘यौटा सपनाको अवसान’

ओटीटी । गत वर्ष चैत्रदेखि वैशाखसम्म मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रुपमा आउने भएको छ । नाटक कान्तिपुर सिनेमाजमा नयाँ वर्षदेखि आउने भएको हो । यसको निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोष्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरुप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको जनाएको छ । सार्वजनिक पोस्टरमा नाटकका मुख्य कलाकारहरु दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाई अटाएका छन् ।

निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ । नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ ।

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ ।

कमेन्ट गर्नुहोस्